
नेपाल टेलिकमले आफ्नो सेवा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल टेलिकमको फोनमा बारम्बार समस्या आइरहे पनि टेलिकमले कुनै समस्या नरहेको दाबी गरेको हो ।सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको छ । मोबाइलमा समय–समयमा नेटवर्क नै नदेखाउने समस्या पनि छ ।
तर, टेलिकमले फेसबुक पेजमा सूचना राख्दै लेखेको छ,‘नेपाल टेलिकमले सेवामा हाल कुनै पनि समस्या छैन, यदाकदा कुनै स्थानमा देखिने समस्या समाधानका लागि कम्पनीले नियमित रुपमा कार्य गरिरहेको हुनाले कम्पनीको सेवा निर्वाध रुपमा उपयोग गर्न हुन ग्राहक वर्गमा अनुरोध छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१