
नवलपुर । नवलपुरको रजहरमा सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका दुम्कौलीमा आज विहीबार बिहान ट्रकले साइकलयात्री महिलालाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको एच आर ३८ टि ७७१५ नम्वरको ट्रकले ठक्कर दिदा घाईते भएकी देवचुली नगरपालीका वडा नम्वर १६ रजहर बस्ने ५५ वर्षीया डालीमाया दमैको उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय रजहरको नियन्त्रणमा रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१