
काठमाडौं । यूएईविरुद्धको एकदिवसीय म्याचमा नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए । नेपालको पहिलो विकेट करण केसीले लिएपछि यूएई सम्हालिएर खेलिरहेको थियो । १३.४ ओभरमा ४६ रन बनाएको अवस्थामा सन्दीपले अरविन्दको महत्वपूर्ण विकेट लिएका हुन् ।
सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दले कुनै क्लु पाएनन् र उनको ब्याटमा छोएर गएको बल कुशल भुर्तेलको हातमा थामियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१