
चोरमारा । नवलपुरको चोरमारामा आजदेखी प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । महाेत्सवकाे एक समाराेहका विच मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले उद्घाटन गर्नुभयोे । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु, चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवले संयुक्त रुपमा आजदेखि मध्यविन्दु नगरपालिका ७ स्थित नवजागरण प्रा।वि।को पूरानो भवनको मैदानमा “प्रथम मध्यविन्दु कृषि , पर्यटन , व्यापारीक तथा साँस्कृतिक महोत्सब २०७९” बिहिवार देखि सुरु भएको हो ।
मध्यविन्दुलाई कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि र औद्योगिक क्षेत्रका रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र जैविक विविधता तथा विभिन्न जातजातीहरुको मौलिक खानाको संरक्षण, सम्वर्द्धन तथा प्रचार प्रसार गरी सम्रग आर्थिक विकास गर्न कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, उद्योग र व्यापारको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनहरुको पहिचानलाई विशेष जोड दिई सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै टिकटक प्रतियोगिता, मम्मी डान्स, डान्स आईडल सहित विभिन्न खेलकुद आदि रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१