
कावासोती । नवलपरासी पूर्वमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका १७ गोछडामा जुवा खेल्दै गरेका ५ जना जुवाडेलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीले बिहिबार राति प्रेम बहादुर ढेगा मगरको घरमा जुवा खेल्दै गरेको अवस्थामा निज सहित ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्रेम बहादुर ढेगा मगर सहित तनहूँ भिमाद -९ घर भई हाल कावासोती १५ बस्ने वर्षको २९ को बिष्णु राना ,कावासोती १५ बस्ने वर्ष १६ को अशोक थनेत ,सोही ठाउँ बस्ने वर्ष २४ को बुद्धि राम महतो र सोही ठाउँ बस्ने राज चौधरी रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ८ हजार नौ सय नगद र तिन बुक तास बरामत गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१