
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।खेल दुबई इन्टरनेशनल स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।नेपाली टोलीमा आजको खेलमा एक जना सदस्य परिवर्तन गरिएको छ ।घाइते हुँदै टिम बाहिर रहेका ओपनर कुशल भुर्तेलको स्थानमा युवा फास्ट बलर प्रतिश जिसी पहिलो रोजाइमा खेल्नेछन् ।
प्रतिशले शृङ्खलाको पहिलो खेलमा पुवा न्युगिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१