
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ । निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको जनाएको छ । बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गैंडा आपसमा जुँधेर मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १३ गैंडा मृत फेला परेका छन् । ती मध्ये ३ गैंडा चोरी सिकारीले मारेका हुन् ।
तस्विर : फाईल
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१