
पोखरा । गण्डकी दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद तिलक महत नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा ११ फागुनको मन्त्रिपरिषद बैठकले तिलबहादुर महत क्षेत्री (तिलक महत)लाई उपाध्यक्ष नियुक्त गरेको हो ।नवलपुरबाट प्रतिनिधि सभा सदस्य भइसकेका महत मुख्यमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार हुन लविङमा थिए । राष्ट्रपति निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएर अधिकारी नेतृत्वको सरकार पनि संकटमा परेको छ । त्यसैले अधिकारीले पूर्व सांसद महतलाई ४ वर्षे कार्यकाल रहने दुग्ध विकास बोर्डको उपाध्यक्ष नियुक्त गरेका हुन् ।बोर्डको उपाध्यक्ष प्रदेश सरकारको सहायक मन्त्रीसरह हुने व्यवस्था छ । तर काम, कर्तव्य र अधिकार केके हुने प्रष्ट छैन ।
यो विधेयक प्रदेश सभामा दर्ता भएदेखि नै विवादमा परेको थियो । तत्कालीन कृषि मन्त्री लेखबहादुर थापाले माओवादीका नेता राजकाजी गुरुङ ‘करण’लाई उपाध्यक्ष बनाउने गरी विधेयक ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो । त्यसपछि एमाले नेता पुण्य पौडेलको नाम चर्चामा आयो ।बोर्डको उपाध्यक्ष प्रदेश सरकारको सहायक मन्त्रीसरह हुने व्यवस्था छ । तर काम, कर्तव्य र अधिकार केके हुने प्रष्ट छैन ।यो विधेयक प्रदेश सभामा दर्ता भएदेखि नै विवादमा परेको थियो । तत्कालीन कृषि मन्त्री लेखबहादुर थापाले माओवादीका नेता राजकाजी गुरुङ ‘करण’लाई उपाध्यक्ष बनाउने गरी विधेयक ल्याएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको थियो । त्यसपछि एमाले नेता पुण्य पौडेलको नाम चर्चामा आयो ।
२०७५ साउन ३० गते प्रमाणीकरण भएको ऐनमासम्बन्धित मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बोर्डको उपाध्यक्ष निर्णय गर्ने र कार्यकाल ४ वर्षको हुने ऐनले उल्लेख गरेको छ । कृषि क्षेत्रमा कम्तिमा दश वर्ष काम गरेको वा नीति निर्माणमा कम्तिमा ४ वर्षको अनुभव भएको व्यक्ति उपाध्यक्ष हुन सक्ने व्यवस्था छ ।
उपाध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा प्रदेशका सहायक मन्त्रीसरह हुने भनिएको छ । तर उपाध्यक्षको काम, कर्तव्य र अधिकारबारे भने ऐनले प्रष्ट केही बोलेको छैन ।
१३ सदस्यीय कार्यकारी समितिको अध्यक्ष मन्त्री स्वयंम हुनेछन् भने दैनिक कार्यसम्पादनका लागि कार्यकारी बोर्ड प्रमुख हुनेछन् । उपाध्यक्षमा नियुक्त भएका महतले भने नियुक्तिबारे जानकारी पाएको तर पद सम्हाल्न गइनसकेको प्रतिक्रिया दिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१