
काठमाडौं । मौसममा आज पनि आंशिक बदली भएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
आइतबार पनि देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१