
काठमाडौं।निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडीनजिकै पुगेर बिदाइ गरे ।
निजी निवासमा मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि भण्डारी काठमाडौंको महाराजगन्जस्थित छोरीको घरमा बस्नेछिन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१