• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ चैत्र १०, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

२

हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

३

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

४

२ भारतीयसहित १६ जना जुवाडे पक्राउ

५

लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

६

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

७

नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

८

नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

९

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

१०

पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

११

आश्रमकी बालिकामाथि यौन दुर्व्यवहार, सञ्चालिकाका श्रीमान पक्राउ

१२

चितवनकी १५ वर्षीया विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा शिक्षक जेल गए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-बुटवल सडक निर्माण ४ वर्षमा २५ प्रतिशतमात्रै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (१ हफ्ता अघि)
    butwal-narayanghat-sadak-scaled

    Advertisement

    रुपन्देही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ४२ महिनामा सक्ने गरी २०७५ चैत ८ गते सम्झौता गरिएको थियो । तर, ४ वर्ष पूरा हुन लाग्दा २५ प्रतिशतमात्रै काम भएको छ । ११४ किलोमिटरको यो सडक खण्ड पार गर्न ६ देखि ८ घण्टा लाग्ने भएकाले सवारी चालक र सेवाग्राहीलाई निकै सकस छ । निर्माण सुरु भएको यति लामो समयसम्म पनि कामले गति लिन नसक्दा सबैलाई हैरानी पारेको छ । जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन नसकेको गुनासो पीडितहरूको छ ।

    यो सडक खण्डमा पहिले २ घण्टामा यात्रा गर्ने चालक दीपक थापाले अहिले कम्तीमा पनि ६ घण्टा लाग्ने बताए । ‘निर्माणका क्रममा केही समस्या त हुनसक्छ, हामी पनि बुझ्छौं । तर, यति लामो समय अस्तव्यस्त बनाउँदा पनि सरकारले किन वास्ता गरेको छैन, उनीहरू यो बाटो ओहोरदोहोर गरे भने अलिकति ज्ञान हुन्थ्यो कि ?’, थापाको आक्रोश छ ।

    सडक छेउमा बनाइएका खाल्डाखुल्डीले एकपटक यात्रा गरेपछि गाडीमा पूरै समस्या आउने र काम सुरु गरेको स्थानमा निर्माण सामग्री बाटोमै राख्ने तथा नियमित धुलो मार्ने गरी पानी छर्कने काम नहुँदा सास्ती पाएको उनको गुनासो ।

    ‘बुटवल-नारायणगढको बाटो सधैं २ घण्टामा पार गरिन्थ्यो, आजभोलि त ७-८ घण्टा लाग्छ, चानचुन १ सय किलोमिटर हिँड्न यस्तो समय लागेपछि आँटेको समयमा कहिल्यै काम गर्न सकिएको छैन’, बजार प्रबन्धकको काम गर्दै आएका सुशील ज्ञवाली भन्छन्, ‘ठूला दुई शहर रुपन्देही र चितवनका बजारमा अनिवार्य जानुपर्छ, बाटोको हालत देख्नुभयो, नेताहरूले ठेकदारलाई किन जोगाएका होलान् रु उनीहरूको पनि मिलेमतो भएर त होला, अब जिम्मेवार नेता र ठेकेदारहरुलाई यो बाटोमा केही दिन दुई पाङग्रेमा हिँडाएपछि चेत खुल्थ्यो कि रु’

    बर्दघाटको राजमार्ग छेउमा व्यवसाय गर्ने इन्दिरा पन्तले बाटो बन्न ढिलाइ हुँदा आफ्नो व्यवसाय चौपट भएको बताउँछिन् । ‘यस्तो बाटो छ, चौबीसै घन्टा धूलो उडेको छ । २ वर्ष पनि लाग्दैन बाटो बनाउन भनेका थिए सुरु गर्दा । ४ वर्ष भयो, यस्तो हालत छ, धूलो धूवाँले रोगी बनायो’, पन्तले भनिन् ।

    सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर, सडक विभागले लचिलो बन्दै काम अघि बढाउन सकेको छैन । छ महिनामा प्रगति विवरण हेरेर ठेक्का रद्द गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने बताउँदै सूचना जारी गरेको थियो । तर, काम अघि नबढ्दा थप निर्णय लिन सडक विभागले आनाकानी गरेको स्थानीयको आरोप छ ।

    ११३ किलोमिटर लामो सडक चार लेन बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसियसन र सडक विभागबीच सम्झौता भएको थियो । यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।

    तीन जिल्लामा पर्ने नारायणगढ-बुटवल सडक खण्डलाई गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैंडाकोट-दाउन्ने ६५ किमि सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४८ किमि सडकलाई खण्ड २ (पश्चिम खण्ड) मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । दुबैतर्फ काम उस्तै सुस्त छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले काममा विलम्ब गर्दा यो सडक खण्डमा यात्रा गर्ने यात्रुलाई निकै सास्ती छ ।

    ठेकेदारले उक्त सडक खण्डका ठाउँ-ठाउँमा पुल र कल्भर्ट निर्माणलाई जोड दिएको छ भने राजमार्ग ठाउँ-ठाउँमा भत्काएर छाडेको छ । लामो समय खाडल, धूलो र हिलोले यात्रु आजित छन् । निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दासमेत सडक विस्तार निकै सुस्त छ ।

    २०७५ मा ठेक्का सम्झौतापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा सडक विस्तार कार्यको शिलान्यास गरेका थिए । त्यति बेला ४२ महिनामा सडक निर्माण सक्ने जनाइएको थियो । उक्त तोकिएको समयावधि सकिन हप्ता दिनमात्रै बाँकी छ । समय सकिनै लाग्दा ठेकेदार कम्पनीले जम्मा २५ प्रतिशत हाराहारीमात्रै काम गरेको छ ।

    चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कम्पनीले अझै सोचेअनुरूपको काम गर्न नसकेको बताए । उनले भने। ‘काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौं । तर, पछि कम्पनीले काम गर्छौं भनेर आश्वासन दिएपछि पुनः ६ महिना हेरौं भनेर समय दियौं । तर, अझै पनि काम सन्तोषजनक रहेको छैन ।’

    सडक निर्माणमा असन्तुष्टि जनाउँदै ठेक्का रद्द गर्ने विषय पटक-पटक उठेको थियो । शुक्रबारमात्रै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक विस्तारको काम तीव्र गतिमा अगाडि नबढाए सरकारले ठेक्का तोड्ने बताएका थिए ।

    बुटवल-बर्दघाट सडक खण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत हाराहारी काम भएको प्रमुख इन्जिनियर प्रदीप शाक्यले जनाए । उता बर्दघाट-गैंडाकोट क्षेत्रमा हालसम्म करिब १९ प्रतिशतमात्र काम भएको छ । आयोजनाका अनुसार बुटवल-बर्दघाट सडक खण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ । यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने प्रमुख इन्जिनियर शाक्यले जानकारी दिए ।

    तर, अझै आधा जति बाँकी रहेको उनले बताए । काम नसकिने भएपछि कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर, सो निवेदनको विषयमा कुनै निर्णय नभएको आयोजनाले बताएको छ ।

    संघीय संसद्अन्तर्गतको विकास तथा प्रविधि संसदीय समितिले सडक खण्डको निर्माण कार्य सन्तोषजनक नरहेको जनाउँदै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन नै दिएको थियो । समितिको गत साउनमा सिंहदरबारमा बसेको बैठकले सडक निर्माणको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसहित आयोजना प्रमुखसँग छलफलपछि सरकारलाई यस्तो निर्देशन दिएको थियो । समितिले निर्देशन दिए पनि सडकको ठेक्का रद्द भएन ।स्रोत:नेपाल प्रेस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • २ भारतीयसहित १६ जना जुवाडे पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • २

    हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • ३

    देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • ४

    २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

  • ५

    लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

  • ६

    ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

  • ७

    नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

  • ८

    नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

  • ९

    प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

  • १०

    पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution