हेटौंडा । मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी-२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।
टिपर शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानीमा ढुङ्गा लोड गर्न जाँदै थियो । टिपरमा चालक मात्र रहेको प्रहरीको भनाइ छ ।यस्तै आज बिहान करिब ६ बजे हेटौंडा-११ थानाभर्याङमा ट्रकले ठक्कर दिंदा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम सडकखण्डमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको ट्रकले ठक्कर दिंदा घाइते महिलालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको थप पहिचान भएको छैन । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]