चितवन । भरतपुर महानगरपालिका–१९ शारदानगरस्थित शहिद स्मारक कलेजको कम्पाउण्डभित्र आज बिहान शंकास्पद बस्तु फेला परेको छ । कलेजको पार्किङ स्थलमा हरियो र कालो टेपले बेरेको कार्टुनमा हरियो तार जडान भएको र ‘स्ववियु निर्वाचन रद्द गरौँ’ भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । शंकास्पद बस्तुको पहिचान र डिस्पोजका लागि नेपाली सेनासंग समन्वय भइरहेको उनले बताए ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]