
धनगढी।कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।प्रहरीका अनुसार अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको हो । बझाङको खप्तडछान्ना घर बताउने दुवै बालबालिकालाई शनिबार होटलबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले जानकारी दिए ।
उनीहरु आमा सरिता गिरी सँगै भारतबाट आएको हुन् । तर, उनीहरुलाई होटलमा छोडेर आमा कहाँ गएको भन्ने बारे केही थाहा नभएको बरालले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१