
ठोरी ।पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए । लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।
स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जंगल तर्फ धपाइएको छ ।बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् । बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१