
कावासोती । पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दाउन्ने चेकपोष्टमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग.प्र.०४–००१ प ५५६७ नम्बरको स्कुटी चेकजांच गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट ४ झ्यालबास बस्ने बर्ष २७ को कमल पुडासैनी र सोही ठाउँका बर्ष २२ को प्रबिण मस्रङ्गी मगर रहेका छन् । उनिहरुको साथबाट प्रहरीले डाईजापम–३७ एम्पुल,नुफिन–३७ एम्पुल,फेनारागन–३७ एम्पुल गरी जम्मा १११ एम्पुल लागुऔषध बरामद गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१