
कावासोती । पूर्वी नवलपरासी (नवलपुर)को विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा फेला परेको बम रहेको क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा रहेको तालदेवी सामुदायिक वन भित्र रहेको बारीमा आईतबार बम भेटिएको थियो । सो क्षेत्रमा आज सोमबार दिउसो नेपाली सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उक्त क्षेत्रमा कावासोतीमा रहेको हात्तिखोर ब्यारेकको सेनाको टोली पुगेको र डिस्पोज गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुका अनुसार जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै ठाउँमा ९ वटा बम भेटेका थिए । भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला( हुन् । उनका अनुसार ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् । उनले भने– ‘ठूला–ठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेका बम हुनु पर्दछ ।’
बम फेला परेको स्थानमा आईतबार राति नै इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१