
कावासाेती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दीमा बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । आईतबार स्थानीय बासीन्दाले खेतमा काम गर्ने समयमा माटो भित्र गाडीएको अवस्थामा ९ वटा ८१ एमएमएमोटर बम वन तथा पर्यावरण सुरक्षा गण कावासोतीबाट खटीएको सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले बताए । फेला परेको बम शक्तिशाली भएको र धेरै वर्ष पुरानो भएकाले आफै निस्कीय अवस्थामा रहेको प्रहरीले जनाएको छ । बम फेला परेको स्थान विकट पहाडी क्षेत्र भएकाले सुरक्षाकर्मी पुग्न समय लागेकाले २४ घण्टापछि मात्र बम डिस्पोज गरीएको हो ।
सशस्त्र द्धन्दको समयमा बम गाडेर राखीएको हुन सक्ने अनुमान गरीएको र थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१