
बाघको आक्रमणबाट घाईते भएका गजेन्द्र कोईरी र सम्पत भरको प्रहरी चौकी गिर्मीका प्रहरी सहायक निरिक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको प्रहरी टोली, वनका प्राविधिक सहितको टोली ले उद्धारगरी उपचारका लागि पठाइएको हो ।
बाघको आक्रमणबाट घाईते कोईरीको मुख, नाक र ओठमा चोट अवस्था मध्यम रहेको जनाइएको छ भने भरको खुट्टामा चोट अवस्था सामान्य रहेको जनाइएको छ ।