
काठमाडौँ।भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको हो । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१