
काठमाडौँ।आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” चार ओटा एअरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने भएको छ । आइएमई पे ले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने आइएमई ग्रुपले जनाएको छ ।पछिल्लो समयमा आइएमई पेले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एअरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरु भएको छ ।
यसै क्रममा आइएमई पे मार्फत श्री एअरलाइन्स, सौर्य एअरलाइन्स, बुद्ध एअरलाइन्स र यती एअरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१