
गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ ।सत्यवती गाउापालिका-४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।
घटनास्थलमा इलाका प्रहरी रिडीबाट प्रहरी निरीक्षक यमलाल बञ्जाडे र प्रहरी चौकी जोहाङ्गबाट प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाटसहितको टोली पुगेको थियो ।प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा ल्याएको छ ।घटना बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ । खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१