• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनको तीन हजार ९०० हेक्टर वन क्षेत्रमा डढेलो, फैलियो वायु प्रदूषण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २, शनिबार (२ साल अघि)
    dadhelo_W7423ykHDy

    Advertisement

    चितवन।चितवनको झण्डै तीन हजार ९०० हेक्टर वन क्षेत्रमा पछिल्लो एक महिनादेखि डढेलो लागेको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत बालकृष्ण खनालका अनुसार गत चैत १३ गतेसम्मको तथ्यांकमा चितवनको तीन हजार ९०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।सूचना अधिकृत खनालले फागुन २५ गतेदेखि डढेलो लाग्न सुरु भएको वन क्षेत्रमा नियन्त्रण गर्दा पनि कतिपय ठाउँमा अझै कायमै रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।वनमा लागेको डढेलो कायमै रहे पनि नियन्त्रण बाहिर नगएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकृत खनालले जानकारी दिए । सूचना अधिकृत खनालले एक हजार १५० हेक्टर क्षेत्रफलमा राष्ट्रिय वन र सामुदायिक, कबुलियती तथा अन्य राजमार्ग छेउमा रहेका वनहरुमा दुई हजार ७५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको बताए । उनले भने,‘ झन्डै तीन हजार ९०० हेक्टर वनमा डढेलो सल्केको पाइयो, जहाँजहाँ डढेलो लागेको छ, त्यहाँ साना–साना बोटबिरूवाहरु मरेका छन् भने वन्यजन्तुलाई पनि असर परेको छ ।’भरतपुर महानगर वडा नं–१, २, ११ र १२ मा रहेको वन क्षेत्रमा डढेलो लागेको खनालले बताए । उनले इच्छाकामना गाउँपालिकाको ७ नं वडामा रहेको वनमा पनि चैत २९ गते देखि डढेलो लागेको जानकारी दिए । उनले भने, ‘अझै चितवनका वन क्षेत्रमा लागेको डढेलो पूर्ण नियन्त्रणमा आइसकेको छैन, तर नियन्त्रण बाहिर पनि गएको छैन, जोखिम कम हुँदै गइरहेको छ ।’ उनले फागुनको अन्तिम साताबाट चितवनको वनमा डढेलो लाग्न सुरु भएको बताए । उनले भने, ‘पानी नपर्दासम्म डढेलोको जोखिम रहन्छ, गत वर्ष भन्दा यस वर्षमा धेरै जोखिम रहने देखिएको छ ।’ उनले पानी परेन भने जेठको १५ सम्ममा डढेलोको उच्च जोखिम हुने बताए ।

    चितवनमा रहेका बरण्डाभार वन क्षेत्रमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा वनमा बर्सेनि डढेलो लाग्दै आइरहेको छ । राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा डढेलोको जोखिम बढी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।डिभिजन वन कार्यालयले नियुक्त गरेको १० कर्मचारी, सामुदायिक वनका कर्मचारी, हरित स्वयंसेवकलगायतले धेरै ठाउँमा लागेको डढेलोे नियन्त्रणमा लिन सहयोग पु¥याएको बताए । उनले भने, ‘अब एक÷दुई ठाउँमा बाँकी होला, तर धेरै ठाउँमा नियन्त्रणमा आइसकेको छ ।’ यहाँका १७ सामुदायिक वनहरुमा सालको रुख बढी छ, सुकेका पातहरु प्रशस्त झर्छ, वनसँगै बस्तीहरु जोडिएका छन्, राजमार्ग छेउमा जंगलहरु छन्, जसका कारण आगलागी तथा डढेलोको जोखिम बढी हुने डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीको घटना हुन नदिन सबैभन्दा ठूलो सचेतना हो, सामूहिक प्रयासकै कारण आगलागीको घटना हुनबाट बच्न सकिने खनाल बताउँछन् ।

    उनले भने, ‘यसवर्ष समयमा पानी परेन, सुख्खा समय रहेका कारण डढेलो बढी लाग्यो ।’ हेरालुहरुलाई सजग गराइएको छ, डढेलो नियन्त्रणमा खटिने कर्मचारीदेखि औजारहरुलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । उनले मौसम सफा नहुँदा, पानी नपर्दा वायु प्रदूषण भएको बताए । उनले वायु प्रदूषणका कारण आँखा पोल्ने, स्वास प्रस्वासमा समस्या,दमलगायत हुने बताए ।वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलका अनुसार चितवन, पर्सा, प्युठानलगायतका क्षेत्रमा अन्यत्र भन्दा बढी डढेलो फैलिएको छ । डढेलोका कारण वायु प्रदूषण अत्यधिक बढेको बताए । उनले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको बताए । उनले भने, ‘प्रदूषणका कारण आँखा पोल्ने, स्वासप्रस्वासमा समस्या हुने, मुटुका बिरामीहरु बढी प्रभावित हुन्छन् ।’ उनले फोहोरजन्य पदार्थ बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरी दिन अनुरोध गरेका छन् । फोहोर जन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न र विशेष सावधानी अपनाउन प्रवक्ता पौडेलले अनुरोध गरेका छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution