
रूकुम।रूकुम पश्चिममा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(२ स्यालाबाट नयाँ वर्षका दिन बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम थापा र मनोज थापा, १४ वर्षीय अब्रराम बुढा, ७ वर्षीय इशाक थापा र १३ वर्षीय अर्जुनलाई जाजरकोट जाने बाटोमा भेटेका हुन्।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१