
चितवन।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका छन् ।आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खस्दा निजका चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
गम्भिर घाईते भएका थापाको पुरानो मेडिकल कलेजका उपचार भइरहेको प्रवक्ता पण्डितले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१