
काठमाडौं।चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्नेछन् । विश्वशक्ति राष्ट्र चीनले छिटै नै त्यहाँ आफ्नो आधार शिविर बनाउन चाहेको छ र निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ । आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै प्रयोग गरेर लुनार बेस अर्थात् चन्द्र आधार शिविर बनाउने योजना चीनको छ ।चिनियाँ सञ्चार माध्यमका अनुसार १ सयभन्दा धेरै चिनियाँ वैज्ञानिक, शोधकर्ता तथा अन्तरीक्ष कन्ट्रयाक्टरहरुको सहभागितामा हालै चीनको वुहानमा एक सम्मेलनको आयोजना भयो । त्यसमा आगामी अन्तरीक्ष मिसनहरुका बारेमा जानकारी दिइएको थियो । साथै चन्द्रमामा भौतिक पूर्वाधार खडा गर्ने तरिकाहरुका बारेमा पनि चर्चा भयो ।चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका विशेषज्ञ डिंग लियुनका अनुसार वैज्ञानिकहरुको एक टोलीले चन्द्रमाको माटोबाट इँटा बनाउनका लागि चाइनिज सुपर मेसन्स नामको एक रोबोटको डिजाइन गरिरहेको चांगजियांग डेलीले जनाएको छ ।तथापि यति छोटो समयमा उक्त लक्ष्य प्राप्त गर्न कठीन हुनेछ । चन्द्रमामा पानी नहुनु, गुरुत्वाकर्षण कम हुन, चन्द्रमामा पटक पटक भूकम्प आउनु तथा भयानक कस्मिक विकीरण हुनु प्रमुख चुनौति हुनेछन् । तर लामो समयसम्म चन्द्रमामा अन्वेषण गर्नका लागि चन्द्रमामा वस्ती हुनु आवश्यक रहेको र भविष्यमा यसको अनुभूति हुने डिंग बताउँछन् ।
डिंगका अनुसार चन्द्रमाको माटोबाट इँटा बनाउन रोबोट सन् २०२८ सम्ममा चीनको चांगी ८ मिसनका क्रममा लञ्च गरिनेछ । पहिलो इँटा चन्द्रमाको इँटाबाट चन्द्रमामै बनाइने उनको भनाइ छ ।साथै सन् २०२५ सम्ममा चन्द्रमाको सबैभन्दा दुर्गम क्षेत्रबाट माटोको पहिलो नमूना संकलन गरेर ल्याउने योजना पनि चीनले बनाएको छ । स्मरण रहोस् चीनले सन् २०२० मै चन्द्रमाको सबैभन्दा नजिकको क्षेत्रबाट माटोको नमूना संकलन गरेको थियो ।
चीनले सन् २०२६ मा चांगी ७ मिसन लञ्च गर्ने योजना बनाएको छ । उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा अवतरण गर्नेछ र क्रेटरहरुमा पानीको उपस्थितिका बारेमा अनुसन्धान गर्नेछ । एजेन्सी
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१