
यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो ।वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर, मंगलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
