
गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो ।नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।
घटनास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शव गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१