
पोखरा । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरले च्यापिएर चालकको मृत्यु भएको छ ।फोहोर पुर्न प्रगोग गरिएको ग १ ग १३४ नम्बरको डोजरले किचेर बिहीबार साँझ चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको हो ।फोहोर व्यवस्थापन शाखाका कर्मचारी हर्क गायकका अनुसार फोहोर पुर्न डोजर चालु अवस्थामा राखेर चालक तत्मा डोजर अगाडि पुगेका थिए । स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको आफूले जानकारी पाएको गायकले बताए ।
पोखरा महानगरपालिकाले पुस अन्तिममा नयाँ विमानस्थल सञ्चालनमा आउनुअघि सेती नदीको किनार लामेआहालमा अस्थायी ल्याडफिल साइट बनाएको थियो । लामेआहालमा थुपारिएको फोहोर पुर्ने काम चालक तत्काले गर्दै आएका थिए ।चालक २ वर्षअघि महानगरबाटै अवकाश पाएका चालक हुन् । तर, फोहोर पुर्ने अर्को चालक नपाउँदा उनैलाई करारमा राखिएको थियो । ‘घटनाबारे बुझ्न टोली घटनास्थलमा खटिएको छ’, फोहोर व्यवस्थापन शाखाका कर्मचारी गायकले भने, ‘उनी अनुभवी चालक थिए । घटना कसरी घट्यो, बुझ्दै छौैं ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१