
काठमाडौं।नेपालका स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् ।सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाए । उनले खेलको १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरे । सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१