एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज दुईवटै सेमिफाइनल खेल भइरहेका छन् ।पहिलो सेमिफाइनल खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र कुवेतबीच भएको छ । टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ ।क्रिकेटप्रति टीयू मैदानमा दर्शकको क्रेज देखिएको छ । खेल चलिरहेका बेला वर्षा भए पनि दर्शकहरू बाहिरिएका छैनन् । मैदानमा दर्शकको भीड छ ।
नेपालले २३.२ ओभर खेल्दा वर्षाका कारण खेल रोकिएको छ । नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ । अहिले वर्षा रोकिएको छ । पुन: खेल सुरु गर्ने तयारी भइरहेको छ ।अर्को सेमिफाइनल खेल मुलपानीको मैदानमा यूएई र ओमानबीच भइरहेको छ ।फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]