
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न आफूले पैरवी गर्ने बताएका छन्। भारतमा उपचार गरेर आइतबार स्वदेश फर्किएका नेता भण्डारीले ‘कुनै पनि नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै पनि नेपाली मर्नु नपरोस्’ भनेर अब आफूले अभियान चलाउने बताएका हुन्।
‘जुन दिन अब चाहीँ बाँच्छुजस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्न संकल्प गरें। त्यसैले, मेरो अभियान हुनेछ– कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्,’ उनले भने।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१