
धनगढी । कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका-५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२-००-४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका-१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिकाकी गरिमा महता घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यस्तै, कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित उद्योग वाणिज्य संघ अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका- १८ बस्ने वीरेन्द्र रावलले चलाएको म२प८३३३ मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सोही नगरपालिका-४ बस्ने ६८ को महेश्वरप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार यादवको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१