
धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् ।
यस्तै हिमपहिरोमा फसेका सातजना भने सम्पर्कमा आएका उनले जानकारी दिइन् ।
ब्याँसमा अहिले पनि वर्षा र हिमपात भइरहेकाले उक्त ठाउँमा हेलिकप्टर पठाउन सक्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१