
विना न्यौपाने
कावासोती । जिल्ला समन्वय समिति(जिसस) नवलपुरले जिल्ला भूमि आयोगलाई काम अगाडि बढाउन सहजीकरण गरेको छ । जिल्लाका स्थानीय तहका वडाध्यक्षहरु बीच अन्तरक्रिया गर्दै समस्याहरुको पहिचान गरी छिट्टो भन्दा छिट्टो भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासीलाई जमिन ब्यवस्थापन गर्न तदारुकता देखाएको हो । जिल्ला आयोग आफै केही गर्ने भन्दा पनि प्रकृयागत सहजीकरण गर्ने हुँदा स्थानीय तहको सहयोग काम अगाडि बढाउने भएकाले आयोग र स्थानीय तहलाई निरन्तर जोड्ने काम जिल्ला समन्वय समितिले गरेको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले बताउनुभयो । आयोगले केही स्थानीय तहमा सहजीकरण समिति गठन गरिसकेको तथा प्रभावकारी काम थालनी भएपनि नवलपुरका सबै स्थानीय तहमा एउटै लयमा काम हुन नसकेको जिल्ला भूमि आयोगका अध्यक्ष तारापति खरेलले बताउनुभयो । स्रोत साधनको अभावले पनि चाहेजति काम हुन सकेको छैन अध्यक्ष खरेलले भन्नुभयो।
जिल्लामा रहेका भूमि अधिकार संग सम्बन्धित संघ संगठन, पालिकाका प्रमुख संगको बसाइ पछि वडाध्यक्ष तहमा छलफल गरिरहेको जिसस प्रमुख बिश्वकर्माले बताउनु भयो । नवलपुरमा गुठीको जग्गामा बस्ने, बिद्यालयको जग्गामा बस्ने, त्यसैगरी जोतभोग एउटाको जग्गाधनी पुर्जा अर्कैको हुने समस्या बढी आएको छ त्यसलाइ आयोगको अधिकार क्षेत्र भित्र नभएपनि वडागत स्तरमा एउटा निकाश निकाल्ने र पालिका हुदै सरकारलाई सिफारिस गर्नुपर्ने कावासोती नगरपालिका वडा नं. ४ वडाध्यक्ष नारायण लोहनीले बताउनुभयो । समस्या छन् राजनैतिक नेतृत्वले आँट गर्नु पर्र्यो उहाँले भन्नुभयो — २०६३ सालमा सातदलले लालपुर्जा दिने भनेका हुन् तर अहिले सम्म हसौराको समस्या समाधान भएको छैन यहाँको समस्या छिट्टो समाधान होस् ।’
नदी उकासको जग्गा छ , नक्सा फिल्ड बुक तयार भएका ठाउँको काम किन गरिदैन कावासोती नगरपालिका वडा नं. १७ का वडाध्यक्ष चिन्तामणी थनेतले भन्नुभयो । अन्तरक्रियामा कावासोती ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले मध्यवर्तीको क्षेत्रले झन समस्या पारेको छ त्यहाँका बासिन्दालाई सहज हुने काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कावासोती नगरपालिका , हुप्सेकोट गाउँपालिका , मध्यविन्दु नगरपालिका र विनयी त्रिबेणी गाउँपालिकाका वडाध्यक्षहरु संग जिससले भूमि आयोग सहित अन्तरक्रिया गरको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१