
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमालेले बताएको छ। नेपालीलाई नक्कली कागजात खडा गरेर भुटानी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीमाथि नै पक्राउ पुर्जी जारेपछि एमालेको यो धारणा आएको हो। ‘हामीले यस प्रकरणलाई गम्भीररूपले लिएका छौं। यस्ता खालका प्रकरणमा कानुन पालनालाई सघाउने एमालेको स्थायी नीति छ,’ पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सेतोपाटीसँग भने,‘सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्।’
यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘यस प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले थपे, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ। यसमा प्रतिबद्ध छौं।’ नक्कली शरणार्थी प्रकरण एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्। गएराति पक्राउ परेका उनलाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ। यता पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बतायो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१