
काठमाडौं, वैशाख २१–
रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् ।रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठान गरेका छन् ।
उनले पीए र चालक ९० प्रतिशत जानकारी राख्ने व्यक्ति भएको भन्दै हत्या वा आत्महत्या जे भए पनि गम्भीर विषय भएको बताएका छन् । बस्नेतले प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई भेटेपछि मात्रै किन मृत घोषणा गरियो? भन्ने विषय पनि लगातार उठाएका छन् ।चितवनमा रवि लामिछानेको घरको छतबाट वैशाख ४ गते बिहान खसेका चालक थापाको दुई दिनअघि उपचारकै क्रममा मृत्यु भएको थियो ।यस्ता छन् महेश बस्नेतले उठाएका ९ बुँदे विषय
१. पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ? सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । अत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?
२.पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र रु समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।
३. रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो रु घर भित्र तयष्भित हुदैन , छैन र? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर रु माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।
४. पि ए र ड्राइभर नेताका ९०५ बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।
५. रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको र?
६. तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो
७. उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि गर्ने , Haker लगाएर आलोचना गर्ने media र social media block गर्ने , फोन गरेर धम्काउने रबिको अर्को गम्भिर (cyber crime ) अपराध हो ।
८.यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार १ आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर
९. रामराजा श्रेष्ठ को टुवैट बाट पनि बिषय रहस्य्मय छ बन्ने देखिन्छ । हेर्नु होला ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१