
काठमाडौं,बैशाख २४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आइतबार रिट दायर गरेका हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार (भोलि)लाई पेसी तोकिएको छ ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१