
काठमाडौं, वैशाख २६-
राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ । आइतबार राष्ट्रिय सभाको बैठकमा टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रायमाझीले प्रयोग गरेको असंसदीय संसदीय रेकर्डबाट हटाइएको हो ।नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।
सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१