
२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका छन् ।आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि इस्लामावाद उच्च अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको थियो ।खान पक्राउ परे लगत्तै उनको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका कार्यकर्ताले देशभर प्रदर्शन गरेका हुन् ।उनीहरु रावलपिण्डीस्थित सैनिक मुख्यालय बाहिर पनि पुगेका छन् । प्रदर्शनकारीहरू एउटा गेट तोडेर सैनिक मुख्यालय भित्र प्रवेश गरेको भिडियो पनि सार्वजनिक भएको छ ।
यस्तै लाहोरमा एक जना सैनिक अधिकारीको घरमा पसेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।प्रदर्शनकारीहरुले इमरान खानलाई नजिस्क्याउन पटक पटक चेतावनी दिए पनि सरकारले नटेरेको बताएका छन् । इमरान खानको दलले बिना कारण र कानुन विपरीत उनलाई पक्रेको आरोप लगाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१