
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ ।एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए ।विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय टिममा युवा खेलाडीको बर्चश्व हुँदा उनीहरुको एक्स्पोजरका लागि पनि यू–२३ प्रतियोगिता महत्वपूर्ण थियो ।तर, पदाधिकारीको सेवा सुविधा बढाएको भनेर आलोचित भइरहेको एन्फा प्रतियोगिताका लागि टिमको नाम नै दर्ता नगर्ने अर्को आत्मघाती निर्णयमा पुगेको छ ।‘राष्ट्रिय टिमको प्रदर्शन हाम्रो प्राथमिकता हो । अक्टोबरमाा विश्वकप छनोटका खेलहरु हुँदैछन् । त्यसैले हामीले तुलनात्मक रुपमा एउटा प्रतियोगिता छाड्ने निर्णय गरेका हौं,’ एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘रणनीतिक रुपमा हामीसँग यो वर्ष यू–२३ को कार्यक्रमका लागि बजेट र योजना पनि थिएनन् ।’
नेपालमा अहिले घरेलु लिग चलिरहेको छ । यू–२३ एसिया कप क्लालिफायर ४–१२ सेप्टेम्बरमा हुँदैछ ।दुई महिनाअघि सम्पन्न प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा लाओसलाई पराजित गरेपछि नेपाल टिमका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले युवा टिमलाई एक्स्पोजरको आवश्यकता रहेको बताएका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१