
नवलपरासी।नवलपरासीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी हशिवुन निशाले भारतीय साथीसँग मिलेर २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको हत्या गरेकी हुन् ।प्रहरीका अनुसार निशाले बिहीबार राति मोबाइलको डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या गरिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको बताए।हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी भएपनि उनको नाम प्रहरीले खुलाएको छैन र उनको खोजी कार्य जारी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१