
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् ।सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।तर जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका जान लागेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।
जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीमा रहेको नेपाली टिमले दक्षिण अफ्रिकामा चार वटा अभ्यास खेल खेल्नेछ ।टिमका अन्य सबै सदस्य दक्षिण अफ्रिका पुगिसक्दा पनि राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देशाइको भने अझै भिसा नआएको क्यान सचिवले बताएका छन् । भारतमा रहेका देशाईको भिसा प्रक्रिया अघि बढेको र उनी भिसा आए लगत्तै दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१