भोपाल।भारतको मध्य प्रदेशमा खाल्डोमा सय फिट तल खसेकी एक बालिकाको उद्धार प्रयास भइरहेको छ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेहोर जिल्लाको मुंगावाली गाउँमा मंगलबार दिउँसो खेल्ने क्रममा साढे २ वर्षकी ती बालिका खाल्डोमा खसेकी थिइन्। सुरूमा उनी सतहबाट ४० फिट तल अड्किएकी थिइन्। उद्धार गर्न प्रयोग भएका मेसिनको भाइब्रेसनका कारण पछि उनी सय फिट तल पुगेको बताइएको छ।
उनको उद्धारका लागि भारतीय सेनाको टोली नै खटिएको छ। सुरू उद्धारकर्ताले रड र डोरीको प्रयोग गरेर उनलाई तान्न खोजेका थिए।भित्र रहेकी बालिकालाई अक्सिजनको कमी नहोस् भनेर अहिले कुवाभित्र निरन्तर अक्सिजन आपूर्ति गरिएको छ। तर उनले भित्रबाट कुनै प्रतिक्रिया जनाएकी छैनन्।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]