बस्न याेग्य, हेर्न लायक समृद्ध बुलिङटारकाे परिकल्पनामा हाम्रो समर्थन छ: राष्ट्रिय स्वतन्त्र पार्टी
नमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ २९, सोमबार (१ साल अघि)
Advertisement
बुलिङटार। राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङटारले बस्न याेग्य, हेर्न लायक समृद्ध बुलिङटारकाे परिकल्पनालाई अाफ्नाे पार्टीको समर्थन भएकाे जनाएकाे छ । बुलिङटार गाउँ पालिका अध्यक्ष दिपेन्द्र सुनारीलाई २० बुदे राय/ सुझाब पेश गर्दै गाउँपालिकाकाे यस अभियानमा समर्थन जनाएकाे हाे। नेकपा ( एमाले) ले स्थानीय चुनावमा अाफ्नाे चुनावी प्रतिबद्वता पत्रमा बस्न याेग्य गाउँ हेर्न लायक ठाउँकाे नारा अगाडि सारेकाे थियाे । साेही नारालाइ पालिकाले साकार बनाउने अभियान थालेकाे छ । रास्वपा बुलिङटारका सभापति पदमराज गिरीले परिकल्पना राम्रो भएकाले सर्वपक्षीय सराेकारवालाहरू समर्थन पाउन जरुरी भएकाे बताउनु भयाे । स्थानीय सरकारका गतिविधिमा पारदर्शी , गतिशीलता , न्यायाेचित र जवाफदेहिता हुन जरूरी भएकाे रास्वपाले जनाएकाे छ ।
भाैगाेलिक बिकटता, दुरगामी प्रतिफल दिने याेजनाहरू, कृषि पशुपालन,सिचाइ , यातायात , शिक्षा, स्वास्थ्य , पर्यटन बिद्धुतिकरण , जनचेतनामूलक कार्यक्रममामा समावेश हुनुपर्ने उक्त पार्टीले सुझाव दिएकाे छ । ढुङ्गा , गिट्टी, बालुवाकाे प्रयाेगमा सहजता, सार्वजनिक सुनाई लगाएतका बिषय रास्वपाले उठाएकाे छ । सुझाव ग्रहण गर्दै बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले रचनात्मक सुझावलाइ अात्मसाथ गरि अगाडि बढ्ने भन्दै सुझावका लागि रास्वपा बुलिङटारलाई धन्यवाद दिनुभयाे ।