
काठमाडौं ।भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरूमा प्रदर्शनीमा आएको छ । विवादित संवाद हटाएर चलचित्र आएपछि प्रदर्शन गरिएको हल सञ्चालकहरूले बताएका छन् ।यसअघि ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको छ । तर, विवादित संवाद नेपालमा मात्र हटाइएको हो ।
चौतर्फी विरोधपछि हलहरूले असुरक्षित भएको भन्दै बिहानी शो देखाएका थिएनन् । काठमाडौं महानगरका मेयर बालेन शाहले भारतमा समेत उक्त अभिव्यक्ति नहटाए महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१