
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा बुधबार चट्याङ्ग लागेर १ जनाकाे निधन भएकाे छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकका अनुसार बुधबार विहान ०६:३० बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने बर्ष ५७ को छविलाल सारुकाे चट्याङ्ग लागेर निधन भएकाे हाे ।
विनयी त्रिवेणी १ गोग्दी स्थीत खेतमा श्रीमान छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेकाे हाे ।चट्याङ लागी घाईते भई घरमा ल्याईएको भन्ने खवर प्राप्त गर्नासाथ निजकाे घर पुग्दा निजकाे मृत्यु भई सकेकाे र श्रीपति सकुसल रहेकाे पाईएकाे प्रहरीले जनाएकाे छ ।मंगलबार पनि पश्चिम नवलपरासीमा १ जनाकाे चट्याङ्ग लागेर निधन भएकाे थियाे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१