
चाेरमारा । नवलपुरकाे मध्यविन्दु नगरपालिकाले आज आगामी आर्थिक वर्षाकाे नीति तथा कार्यक्रम ल्याएको छ। नगरपालिकाले रैथाने बाली उत्पादन र प्रवर्द्धनमा जाेड दिएको छ। नगरसभामा नगर प्रमुख भिमलाल अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ” मध्यविन्दु जाओैँ रैथाने खाना खाउँ” भन्ने नारालाई जाेड दिईएकाे छ ।नीति तथा कार्यक्रम भनिएको छ” मध्यविन्दु जाऔँ रैथाने खाना खाउँ भन्ने नाराका साथ नगरपालिका भित्र उत्पादित रैथाने जातका धान जस्तै कनजिरा, मगरअनादी, झिनुवा, कालानमक तथा जैविक उत्पादनहरू जस्तै कोदो, बेसार, कागती, केरा, बेसार, भुईंकटहर, उखु आदि उत्पादनलाई सहकारी मार्फत् उत्पादन प्रवर्द्धन गरिनेछ ।”यस्तै कृषि तथा पशुपक्षी प्रचार प्रसार कार्यक्रम मार्फत् नगर भित्रका उत्कृष्ट कृषक, समूह, सहकारीको प्रवर्द्धनसँगै सञ्चार माध्यममार्फत् कृषि र पशुपक्षी सम्बन्धी चेतनामुलक सामग्री प्रसारण गरिने उल्लेख गरिएको छ।
कृषि तर्फ ” एक घर एक करेसाबारी, कृषि एम्बुलेन्स ,अर्गानिक तरकारी तथा खाधान्न बाली प्रवर्द्धन ,एक वडा एक उत्पादन” लगायत कार्यक्रमलाई जाेड दिइएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१