
काठमडाौं । लघुवित्त सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । मंगलबार नेप्सेमा लघुवित्त कम्पनीका सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिंदा लघुवित्त उपसूचक पनि उच्च वृद्धि भएको छ ।
कारोबार बन्द हुने आधाघण्टा अगाडि २ः३० सम्म नेप्सेमा लघुवित्त उपसूचक ८.६८ प्रतिशतले वृद्धि हुँदा २० वटा लघुवित्त कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट मूल्यमा पुगेका छन् । नेप्सेमा ५८ वटा लघुवित्त कम्पनीका सेयरमूल्य कारोबार भएकोमा ५८ वटैको सेयरमूल्य बढेको छ ।लघुवित्त उपसूचकमा उच्च वृद्धि हुँदा नेप्से पनि ४६.६६ अंकले बढेर २१७६.०८ को विन्दुमा पुगेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१