
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा एक जना बालक वेपत्ता भएका छन् । जिल्लाको कावासोती नगरपालिका ७ ,रामनगर टोलका १० वर्षीय बालक अप्सन अधिकारी बाडखोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् ।
शनिबार साँझ पौडी खेल्ने क्रममा उनि बेपत्ता भएका हुन् । शनिबार साँझदेखी बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ । साथीहरुसँग पौडी खेल्न गएका उनिलाई खोलाले बगाएको हो ।
घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाडखोलमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१